गीत-सुमन पोखरेल
डुवेर यो संसार तलाउमा
पुरिएको छु स्वमोहको लेउमा
कसरी भनूँ म भक्त हुँ तेरो
मेरो भगवान्, मेरोर ईश्वर !न छ पौरख केही मेरो बाहुको
न अर्थ कुनै मेरो नाउँको
त्यसैत्यसै दिन बित्या छ
कसरी आऊँ म तेरो छेउमा
मेरो भगवान्, मेरो ईश्वर !न लिन सकेँ दुःख दीनहरूको
न सुमसुम्याएँ घाउ आर्तहरूको
आडम्बरको स्वार्थभक्तिले
कसरी राखूँ शिर तेरो पाउमा
मेरो भगवान्, मेरो ईश्वर !
गजल-रश्मि असफल
यो देशमाथि तिम्रो केही लगाब छैन
जान्छौ भने त जाऊ तिम्रो अभाब छैन ।
सन्तान वीर नै छन् नेपाल देशका यी
गल्ती हजार तिम्रा केही हिसाब छैन । पालो गयो ल तिम्रो स्वीकार यो बिदाई
अन्याय न्याय बुझ्ने भै गो किताब छैन् । हेपेर भाइमारा भन्ने जवाफ सुन्दा
स्वीकार नै गर्यौ कि केही जवाफ छैन ।
सहर सपना र मान्छे
-सन्त थुलुङ
मान्छेहरूका रगत र आँसुले बनेका
अमूत चित्रहरू-
चीत्कार र फ्युजन संगीतको चर्का आवाज ओकल्दै
हरेक क्षण आतंक र दुघटनाका समस्याहरू बोकेका
यन्त्रजस्ता लाग्ने संवेदना रित्तिएका मान्छेहरू
विषाक्त धँवाको बाक्लो हुस्सुमा
आँखाको गुलुप बालेर दिनमै प्लास्टिकको
कृत्रिम फोक्सोले स्वास फेदै
रबरका रक्तनलीहरूमा वागमतीको पानीजस्तो
रगत बोकेर डम्पिङसाइड जस्तो मुटु लिएर बाँचिरहेका
कथित मान्छेहरू
प्रविधिको उत्कर्षा संवेदना गुमाएर
उत्तरआधुनिक मान्छे
चोक, सडक, मन्दिरको पेटी र
अलिकति वेश्यालयमा बेचिरहेछ आफूलाई
अलिकति आफ्नै स्वार्थमा खर्चिरहेछ समय
र, थोत्रो गाडीझैं उडाउँदै चुरोटको धुँवा
रक्सीमा घोलेर गाउँकै आँसु र पसिना पिइरहेछ
र, फुसदमा भिरिंगी कन्याइरहेछ सहरमा मान्छे
छोडेर जानेहरु
बग्ने पानीमुनिको ढुङ्गो झैं
लेउ लागेर छोडिएपछि पिँधमा
कहाँ चिसो भन्न पाए र इन्द्रेणी ओराल्ने गरेका
उपत्यका कहाँ विलाए
माझीले चलाउन छोडेको
डुङ्गा किनारमा छोिड
जलकुम्भी झैं तैरदै
कुन बाटो रोजे
सेता हाँस बनेर घरमा पुज्ने भूमें देउता ढोगी गएपछि
घरमुनि सेताम्मे फूल्ने अम्बकका रुखछेउ
किन फर्किएनन्
घण्टी फूल फूल्दै झर्दै गरेको यामको बेवास्तागरी
आलुबखडाका फूलमा ओर्लने न्यानो घामको छायाँ नाप्दै
किन पश्चिम भज्याङ तरेर
कोशीको बगरै बगर लस्करै गईरहे
सहनाई बजाउँदै
सेतो फेटा गुतेर छोडेर गएपछि
नदिले किनार भत्काएको छैन
बढाएको छैन बगर
नीलो दहमा पौडने माछाका भुराहरु बढेका छैनन्
बिहान खस्नु अघि नदीले गाउने भाका फेरिएको छैन
हिंडेभन्दा टाढा पुगेको छैन भज्याङ छिचोल्ने बाटो
बेहुली चरीले उज्यालोको रंग फेरेको छैन त्यहाँभन्दा पर ठोक्किएको छै बतास
जहाँ छोडिएको थियो
माहुरीको घार जस्तो सुन्दर पुख्र्यौली थलो किन फर्कदैनन् छोडेर जानेहरु
बचेरा उडेको चराको गुँड जस्तै
टुहुरो बनाएर देउराली
न्यास्रो मानेर चुपचाप उभिरहेको वरपिपल नसम्झी
बाढीतिरै सोहोरिएर
जिउभरिको कपडा च्यातिउाजेल बगीरहँदा
दोभानको किनारैपिच्छे
छोडिएको छाँया खोज्दा खोज्दै
हराएको वयस्कपन
ढुङ्गामा थुपारेर
बेसरम च्यातिएको
बुढो धोती जस्तै
गाँस्न नमिल्ने जिन्दगी घिसारी
दोभानमा थकाई बिसाएर
मुठ्ठिभरि घाँस च्यापेर
खच्चड हिँड्न छोडेको
र जूनकिरी बल्न छोडेको गल्लीका
काँडा कुल्चँदै
किन गईरहे छोडेर जानेहरु
दियालो बाल्दै
जीवनभर गाईएका सुमधुर धुनसँगै ।
-सीमा आभाष
आजको परिस्थिति
सेता परेवा आकाशमा उडेको हेर्दा
सपनाबाट ब्युँझेकी
कृष्णेकी बूढी आमा
छोरा आउने प्रतीक्षामा
मृत्युसँग लड्दै बाँचिरहेकी छिन्
हिजो राति एकनाशले परेको पानीबाट
घर ध्वस्त भई
सडकमा अलपत्र परेका रामलाल
साना लालाबाला हेर्दै छ
विवश आँसु झार्दै छ
गाउँमा तन्नेरीहरू हराएका छन् रे !
कलिला हातहरू बन्दुक र बारुदका
गह्रुँगा भारी बोक्दै
देशसँग लड्न कम्मर कसेका छन्
बाटो ध्वस्त गरिदिएपछि
पहिरोको के मतलब ….
खोई अरू कति राममायाहरू
सेतो साडीमा
पतिको वियोगसँग जिउँदै गर्नेछन्
शान्तिको चाहना फलिरहेको यस देशमा
कुन्नि कहिले कसरी कोबाट
विद्रोह र अशान्तिको असिना झरिरहेछन् !
कोही त होला
सेता परेवाको प्वँाख काटिदिने
देशलाई अँध्यारोमा घचेटिदिने
बूढी आमैहरू भक्कानो फुट्ने गरी
देश हेर्दै रोइरहेका छन् ।
सिर्जना दुवाल
Categories
Links
|